हकप्रद शेयर निष्काशन गर्न प्रस्ताव गर्ने हिमाल दोलखा हाइड्रो पावर कम्पनीमाथि नेप्सेको डण्डा,कारोबार रोक्का
काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले हिमाल दोलखा हाइड्रो पावर कम्पनीमाथि नेप्सेको डण्डा चलाएको छ । नेप्सेले डण्डा चलाएसँगै कम्पनीको शेयर कारोबार नै रोक्का भएको छ ।
कम्पनीले गत शुक्रबार हकप्रद निष्काशन सहित साधारण सभा आह्वान गरेको थियो । पछिल्लो समय शुक्रबार समेत २ घण्टा शेयर कारोबार हुने गर्दछ तर हिमाल दोलखा हाइड्रो पावर कम्पनीले साधारण सभा आह्वानका लागि...